सिमिकोट विमानस्थलमा तारा र सीता एअरको विमान ठोक्किए

फागुन ९,हुम्ला – हुम्लाको सिमिकोट विमानस्थलमा दुई जहाज एकापसमा ठोक्किएका छन् । तारा एअरको जहाजले रोकिइरहेको सीता एअरको जहाजलाई ठक्कर दिएको हो ।विमानस्थलको धावनमार्गमा उडान भर्नेक्रममा सीता एअर र तारा एअरको ट्विनेटर जहाज एकापसमा ठोक्किँदा सीता एयरको दाँहिने पखेटामा समान्य क्षति पुगेको छ ।‘नाइन ए एच आर’को तारा एअरले आज बिहान ८ बजे पार्किङमा रहेको ‘नाइन एन ए वी एम’को सीता एअरलाई ठक्कर दिएको हुम्ला विमानस्थलले जनाएको छ । दुई विमान एकापसमा ठोक्किएपनि मानवीय क्षति भने भएको छैन ।

एअरपोर्टको पहेलो रंगको लाइनमा आफू प्रवेश गर्दा–गदै पनि विमानको पखेंटा सीता एअरको पखेंटामा ठोक्किँदा क्षति भएको तारा एअरका क्याप्टेन रोशन मानन्धरले बताएका छन् ।तारा एअरको विमानमा क्षति भएको नदेखिएपनि घटनाको छानबिन र क्षतिको विवरण एकीन गर्न सिविलाइजेसनबाट विज्ञहरु आएपछि मात्र घटनाको अवस्था विश्लेषण गरिने विमानस्थलले जनाएको छ ।दुर्घटनापछि दुवै विमान ग्राउन्डेड भएका छन् ।