समुन्नत नेपाल बनाउन युवा पलायन रोकेर कृषि क्रान्ति सुरु गर्न विज्ञको सुझाव

फागुन ९,काठमाडौँ –  सदियौँ देखि नेपाल कृषी प्रदान मुलुकका नामले परिचित छ । तर पुस्तान्तरणसँगै भएको परिवर्तन तथा युवा पलायन लगायतका कारण नेपाल कृषी प्रदान मुलक हो भन्न पनि लाजमर्दो स्थिीति सिर्जना हुने बेला आएको भन्दै विज्ञहरु त्यसको निकास निकाल्न लागी परेका छन् । उनीहरुले समुन्नत नेपाल निर्माण गर्न युवा जमात कृषी क्षेत्रमा लाग्न जरुरी भएकाले पनि युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी भएकाले पनि त्यस्तो नीति ल्याउन जरुरी भएको बताएका हुन् । शनिवार भक्तपुरमा आयोजित पिपल्स एग्रिकल्चर फार्म एण्ड रिसर्च सेन्टरको उद्घाटन तथा समृद्ध नेपालका लागि कृषीमा लगानी, सम्भवना र चुनौती विषयक कार्यक्रममा कृषी विज्ञहरुले युवा जमातलाई नेपालमै रोजगारी दिन सरकारले कृषी क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने र कृषी क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।

कृषी बिज्ञ डा। मदन राईले सरकारले कृषी क्षेत्रमा पर्याप्त लगानी गर्न सके नेपाल आफै सक्षम बन्न सक्ने बताए । उनले नेपाल कृषी प्रधान देश भए पनि सरकारले कृषी क्षेत्रका लागि उचित लगानी गर्न नसकेको र युवालाई कृषीमा आकर्षित हुने अबसर नदिएका कारण नेपाल खाद्यन्नका लागि परनिर्भर बन्नुपरेको बताए । अर्थविद्ध प्रा।डा। जिवनाथ धितालले सरकारले इच्छाशक्ति देखाए नेपाल कृषी क्षेत्रबाटै सक्षम बन्नसक्ने बताए । उनले त्यसका लागि राज्य इमान्दार भएर लाग्नुपर्ने बताए ।

उनले कृषी क्षेत्रको विकासका लागि सरकारले निर्धक्क भएर लगानी गर्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर र डा। राईले संयुक्त रुपमा सो पिपल्स एग्रिकल्चर फार्म एण्ड रिसर्च सेन्टरको उद्घाटन गरेका थिए ।सो कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्षनैनराज पण्डित, कृषी विज्ञ पूर्ण ढुंगाना, लेखक तारालाल श्रेष्ठलगायतले कृषी क्षेत्र युवाका लागि अपमानि पेशा बन्न थालेकोमा दुःख व्यक्त गरेका थिए । भक्तपुरस्थित कमलविनायकका ४० रोपनी क्षेत्रफलमा शुरु गरिएको सो फार्म पर्शुराम अधिकारी, मोहन विश्वकर्मा, प्रकाश चौलागाई, आत्मराम रिजाल र कुमार विश्वकर्माको संयुक्त लगानीमा शुरु गरिएको हो । सो फार्ममा हाल ४० वटा गाई पालन गरिएको छ । सो फार्मलाई कृषी अनुसन्धान केन्द्र बनाउने उदेश्यले स्थापना गरिएको सञ्चालक मोहन विश्वकर्माले बताए ।