रु ५ संकलन अभियान्ता गरे UN पार्क सरसफाई

फागुन ९,काठमाडौँ- सामाजिक सन्जाल  टि्वटर प्रयोगकर्ताहरुले विभिन्न सामाजिक सहयोग अभियान अन्तर्गत रु ५ संकलन अभियानको २० औ कार्यक्रम आज बिहान “सरसफाइ गरौं जहाँ पाएर त्यहि फोहोरो नफालौं” भन्ने अभियानका साथ संखमुलमा रहेको UN पार्कमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

सरसफाईको क्रममा चुरोटको ठुटा,प्लास्टिक ,पराग का टुक्रा अत्यधिक मात्रामा भेटिएको थियो । झन्डै २ घन्टा चलेको सरसफाई कार्यक्रममा ४ क्विन्टल जति फोहोर उठाएर सम्बन्धित ठाउमा फालिएको छ । सरसफाई अभियान मा करिब ५५ जना टुइटर प्रयोगकर्ताहरुको सहभागिता रहेको थियो ।