आफूहरु वार्तामा नबस्ने : भट्टराई

फागुन ९,काठमाडौँ- एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानसभा भित्रको मतदानको प्रकृया खारेज नभएसम्म आफूहरु वार्तामा नबस्ने बताउनुभएको छ ।

सल्यान सदरमुकाम खलंगामा आज बिहान भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले मतदान प्रकृयाको खारेजी नै वार्ताको लागि पहिलो शर्त भएको बताउनुभयो । घरको ढोका बन्द गरेर घर भित्र बोलाएको भन्दै पहिला प्रधानमन्त्रि कोईराला र एमाले अध्यक्ष केपि ओलीलाई पहिला ढोका खोल्न आग्रह गर्नु भएको छ ।
एकातिर मतदान प्रकृया अघि बढाउने अर्काे तर्फ सहमति गरौँ भनेर सरकारले नौटंकी गरेको उहाँले बताउनुभयो । अमूर्त वार्तामा बस्नुको कुनै औचित्य नभएको भन्दै सरकारले अहिले वार्ताका लागि गरेको आहृवान आफुहरुको आन्दोलन तुहाउने खेल मात्र रहेको टिपनी गर्नु भएको छ ।