कोहलपुरमा वृहत क्रिकेट आन्दोलन हुँदै

फागुन ९, कोहलपुर-आज कोहलपुरमा मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरले वृहत क्रिकेट आन्दोलन गर्ने भएको छ । आन्दोलनका केन्द्रीय कार्यक्रमअनुसार आज शान्तिपूर्ण विरोध ¥याली निकाल्ने भएको छ । क्यानमा भइरहेको भ्रष्टाचार र राजनीति बन्द गर्नुपर्ने भन्दै क्लबले आज बिहान ११ बजेदेखि कोहलपुरमा विरोध ¥याली निकाल्न लागेको हो । कोहलपुर स्थितबागेश्वरी क्याम्पस गेट अगाडीदेखि शुरु हुने शान्तिपूर्ण ¥यालीले नेपालको झण्डाका साथ नगरपरिक्रमा गरी कोहलपुर चौराहामा कोणसभामा परिणत हुने क्लबका अध्यक्ष पवन शर्माले बताउनुभएको छ ।