शेर्पा बस्तिमा आज ल्होसार मनाइदै

फागुन ९, सोलुखुम्बु- अस्ति बिहिबारदेखि शुरु भएको ल्होसार पर्व सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्र लगाएतका शेर्पा बस्तिहरुमा धुमधामसँग आज मनाईदैछ । शेर्पाहरुले नयाँ बर्ष शुरुवातको रुपमा मनाउने ग्याल्वो ल्होसार अन्तर्गत यसबर्ष २१४२ औं भेडा बर्ष हो । शेर्पाहरुले बिभिन्न १२ वटा जनावरको नामबाट बर्षहरुको नामाङकन गर्ने प्रचलन अनुसार अब भेडाबर्ष शुरु भएको हो । नयाँ बर्षको शुरुवातको अबसरमा शेर्पाहरुले १५ दिनसम्म धुमधामसँग ल्होसार मनाउने परम्पराअनुसार अहिले शेर्पा बस्तिहरुमा ध्वजापतकाले सिंगारेर ल्होसार मनाईदै गरेको हो ।  शुभ कार्यको थालनी गर्ने साईतको रुपमा लिईने यो पर्व मनाउँदा बर्षभरी स्वस्थ रहने, आम्दानी राम्रो हुने जस्ता बिस्वासका साथ यो पर्व परापूर्व कालदेखी मनाउँदै आएको खुम्जुङ ४ का निमा तेञ्जिङ  शेर्पा मनाउँछन् । फाल्गुण शुक्ल पक्षको प्रतिपदाबाट मनाउन शुरु गर्ने यो पर्व सन् १२२१ मा मंगोल बादशाह चेन गे खाँले तिव्वतमाथी बिजय प्राप्त गरेको खुशीयालीमा मनाउन शुरु गरेको स्थानीय अगुवाहरु बताउँछन् ।