आज अन्र्तराष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि मनाइदै

फागुन ९, काठमाडौँ- अन्र्तराष्ट्रिय मातृभाषा दिवस विश्वभर  मनाइरहेका बेला नेपालमा पनि यो दिवस मनाइदैछ । दिवसको अवसरमा आज सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । यसैबिच  नेपाल प्रज्ञा–प्रतिष्ठानले आजै  राष्ट्रिय मातृभाषा गोष्ठी र राष्ट्रिय मातृभाषा कविता महोत्सवको आयोजना गर्न लागेको प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिए । आजै राष्ट्रिय मातृभाषा कविता महोत्सव पनि आयोजना हुनेछ ।