विपक्षी मोर्चाले भावी रणनीति तय गर्दै

फागुन ९,काठमाडौँ-एमाओवादी नेतृत्वको मोर्चालाई वार्ताका लागी प्रधानमन्त्री शुशिल कोइरालाले दोश्रो पटक औपचारिक आग्रह गरेको भोली पल्टै भावी रणनीति तय गर्न एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको बैठक आज बस्दैछ ।

अहिले केही बेरमा सिंहदरबारस्थित एमाओवादी संसदिय दलको कार्यलयमा बस्ने बैठकमा बहुमतीय प्रक्रियामा अपनाइने आगामी रणनीतिका विषयमा तथा प्रम कोइरालाले वार्ताका लागी गरेको आव्हानका सम्बन्धमा पनि छलफल हुने एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार आगामी फागुन १६ गते राजधानीमा गर्ने भनीएको शक्ति प्रर्दशनका विषयमा पनि छलफल हुनेछ । १६ गतेको प्रचारप्रसारको  मुख्य रुपमा आजको कार्यक्रममा छलफल हुने मोर्चाले जनाएको छ ।