चुरे सम्मेलन आज समापन हुने

फागुन ९,काठमाडौँ-राजधानीमा हिजोबाट सुरु भएको चुरे संरक्षण संयुक्त संघर्ष समितीको दुई दिने चुरे जनसम्मेलन आज सम्पन्न हुँदैछ । सरकारको चुरे संरक्षण निर्णयको विरोध गर्दै लोकतन्त्र, संघीयता र मानवअधिकारको सम्मान गरी चुरे क्षेत्रको दीगो संरक्षणका लागि जनअधिकार सुनिश्चित गर भन्ने नाराका साथ सुरु भएको सम्मेलन सम्पन्न हुने भएको हो ।

चुरे क्षेत्रका ३६ जिल्लाका सामुदायिक वन उपभोक्ता समूहलगायतका संघर्ष समितिका जिल्ला अध्यक्ष सहित विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको छ । सम्मेलनले आन्दोलनका क्रममा मुलुकका विभिन्न जिल्लामा भएको कार्यक्रमको समितक्षा तथा भावि रणनिती बनाउँदै सम्पन्न हुने भएको छ ।