बाणिज्य बैंकले कृषि र पशुपालनमा लगानि बढाउँदै

फागुन ९, इलाम-राष्ट्रिय बाणिज्य बैंक इलाम शाखाले कृषि र पशुपालनमा लगानि बढाएको छ । बैंकले चालु आर्थिक बर्षदेखि यि दुई क्षेत्रमा लगानि बढाएको हो । बैंकले गाईपालन, कुखुरापालन, किवि खेती, सुन्तला खेती, अलैंचि खेती, कुटिर उद्योग र होटल ब्यबसायमा लगानि बढाएको हो ।

इलाम नगरपालिका सहित सुम्बेक र बरबोटे गाविसलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको बैंकले कृषकहरुको आर्थिक जीवन स्तरमा सुधार र मजबुद बनाउनका लागि पशुपालन र कृषि क्षेत्रमा लगानी बढाएको बैंकका शाखा प्रमुख बद्रि भटटराईले बताउनुभयो ।

बैंकले चालु आर्थिक वर्षमा ८१ लाख रुपैंयाँ लगानी गरेको छ । जसमा सबैभन्दा बढि किबि खेती र कुखुरापालनमा भएको बैंकले जनाएको छ । भटटराईका अनुसार अलैंचि र सुन्तला खेतीमा दशलाख, गाईपालनमा दशलाख लगायत अन्य क्षेत्रमा लगानि गरिएको छ ।