रोल्पामा पहिलो पटक सल्यक्रिया सेवा सुरु

फागुन ९, रोल्पा-रोल्पामा सल्यक्रिया सेवा सुरु भएको छ । गएराति जिल्ला अस्पताल रेउघाले जुम्ल्याहा बच्चा भएका एक सुत्केरी महिलाको सफलतापुर्वक सल्यक्रिया गरि सेवा सुरुवात गरेको जनाएको छ । औपचारिक रुपमा सेवाको सुरुवा गरेको रोल्पाको ३७ वर्षपछि रोल्पामै सल्यक्रियामार्फत सुत्केरीसेवा प्रदान हुन थालेको छ । असामान्य अबस्था रहेको धबाङ गाबिस वडा नं। २ कि श्यामकली सुनारको डाक्टर प्रणय राणा सहितको टोलीले राति पौने एघार बजे सफल शल्यक्रिया गरेको थियो । एउटा बच्चा उल्टो र अर्को सुल्टो अबस्थामा रहेको भन्दै डाक्टर प्रणय राणाले सामान्य अबस्थामा बच्चा जन्मिने स्थिति नै नभएको अवस्थामा सल्यक्रिया गरिएको हो  ।