भोलीदेखि लागु हुने गरी जीपमा नयाँ भाडादर निर्धारण

फागुन ९, सोलुखुम्बु-सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि नेले बजार खण्डमा सञ्चालीत जीपको भोलीदेखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले मनोमानी ढंगबाट अत्याधिक भाडा लिने गरेको भन्दै आन्दोलीत भएको समितिका मागका विषयमा भएको सरोकारवाला निकायबीचको छलफलले नयाँ भाडादर निर्धारण गरेको हो ।

निर्धारण गरिएको भाडादर अनुसार दुधकुण्ड नगरपालीकाको जेरो प्वाइन्टदेखि नेलेसम्मका लागि प्रति व्यक्ति २ सय रुपैँया भाडा तिर्नुपर्नेछ । यसअघि जीप व्यवसायीहरुले प्रतिव्यक्ति २ सय ५० देखि ३ सय रुपैँया भाडा लिने गरेका थिए ।

सोलुखुम्बुका करिब एक दर्जन गाविसवासीले सदरमुकाम पुग्न प्रयोग गर्ने त्यस सडकखण्डमा सञ्चालीत यातायात व्यवसायीले मनोमानी गर्न थालेपछि स्थानीय संगठित भएर संघर्ष समिति नै गठन गरेका हुन् । यस्तै, जीरो प्वाईन्ट देखि गार्मा मिल घर सम्म प्रती व्यक्ति ६०, तोजीङ सम्मको लागी ८० र सेकारसिंङ सम्मको लागि १ सय २० रुपैँया भाडा तोकिएको छ ।