क्यानबिरुद्ध आक्रोसित युवाले भोलि आन्दोलन गर्दै, क्रिकेटप्रेमीका कुरा होला त पूरा ?

फागुन ८, काठमाडौँ – अहिले क्रिकेट खेलप्रेमीहरु बिश्वकपमा झुमिरहदा नेपालमा भने क्रिकेट संघकै बिरुद्द आन्दोलन हुने भएको छ । क्रिकेटको विकासमा कुनै चुस्तदुरुस्त काम नभएपछि क्रिकेटप्रेमीहरु क्यानबिरुद्ध एकजुट भएर खुल्लामंचमा उत्रिने भएको छ । क्रिकेट बचाऊ अभियानको नाम दिइएको यो कार्यक्रम भोलि बिहान खुल्लामंचमा आयोजना हुदैछ ।

भोलि बिहान ११ बजेबाट क्रिकेट आन्दोलन सुरु हुनेछ जस अन्तर्गत सोही दिन विशाल रयाली खुल्लामन्चबाट निकालिने छ र खुल्लामन्चमै आएर विशाल सभामा परिणत हुनेछ”- कार्यक्रमका संयोजक रुद्र प्रसाद धमलाले जानकारी दिनुभयो ।

उनले सय र हजारमा चलेको नेपाली क्रिकेट आइसिसिलाई आर्थिक विवरण समयमै नबुझऊदा ८३ लाख जरिवाना लागेको, टियु मैदानलाई तिर्नुपर्ने रकम नतिरेकाले ताला लाग्ने अवस्था आएको, मुलपानीको सपनालाई कछुवा गतिमा हिडाएको लगायतका कारण संघर्ष गर्नु परेको धमलाले बताए ।
मागहरु :
क) क्यानको ठाउँमा चुस्त दुरुस्त क्रिकेट बोर्ड गठन गर्नुपर्ने
ख) भौतिकपूर्वाधार सहितको स्टेडियम निर्माण गर्नुपर्ने
ग) खेलाडीलाई उचित सर–सुविधा गर्नुपर्ने
घ) घरेलु संरचना बलियो गर्नुपर्ने
ङ) क्रिकेटमा राजनितिक हस्तक्षेप बन्द गर्नुपर्ने