बरुण हाइड्रोपावरको सेयर एक साता पछि सर्वसाधारणलाई वितरण गरिने

फागुन ८,काठमाडौं – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन १७ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका चार लाख ८६ हजार कित्ता सेयर निस्कासन गर्न लागेको हो । कुल सेयरमध्ये कम्पनीले २४ हजार तीन सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

नौ हजार ७२० कित्ता सेयर कर्मचारीले पाउने छन् । बाँकी चार लाख ५१ हजार ९८० कित्ता सेयरका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउने छन् । फागुन २० गते निस्कासन बन्द हुने सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । कम्पनीको विद्युत उत्पादन केन्द्र शंखुवासभाको जलजला गाविसमा छ ।