आन्दोलनले न बन्छ संविधान, न निस्किन्छ निकास : सचिव भट्टराई

फागुन ८, पोखरा-  नेकपा एमालेका सचिव योगेश भट्टराईले ३० दलीय मोर्चाको आन्दोलनका कारण निकास ननिस्की समस्या मात्रै बल्झिने बताएका छन् । संविधान निर्माण संविधान सभामा हुने भन्दै नेता भट्राइले आन्दोलनबाट नभई वार्ता, सम्वाद र सम्झौताबाट संविधान बन्ने भएकाले ३० दलीय आन्दोलनको कुनै तुक नभएको निष्कर्ष निकालेका छन् ।

प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले नेपालमा तेस्रो संविधान सभाको निर्वाचन नहुने र यही संविधान सभाले संविधान बनाउने हसनाले आन्दोलनको धम्की छाडेर वार्तामा आउन एकिृकत नेकपा माओवादी सहित दलीय मोर्चालाई अनुरोध गरे । ‘३० दलीय मोर्चाका नेताहरु आन्दोलनको नाममा देश दौदाडामा भएपनि संविधान सभा फर्किनुको विकल्प छैन,उनले भने , ‘ दिउँसो चर्न गएका भेडाका वथान जसरी साँझ घर फर्किन्छ त्यसरी नै संविधान सभा पनि संविधान बाउने घर हो, उहाँहरु नफर्कि सुख्खै छैन् ।’ सर्तले देशलाई सही बाटौमा नलैजाने बताउँदै उहाँले विना सर्त वार्तामा बस्नेपर्नेमा उनले जोड दिए । ‘१२ बुँदे समझदारी टुङ्गोमा पुगीसेको छैन भन्दै उनले यो अभियानलाई तार्किक बनाउन दलहरु संविधानसभामा फकिनुको विकल्प नभएको उनको तर्क छ ।