प्रचण्डको राजासँग साँठगाँठ भएको पोखरेलको आरोप

फागुन ८, काठमाडौँ –  नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको राजासँग साँठगाँठ रहेको आरोप लगाएका छन् । कांग्रेस र एमालेले गणतन्त्र ल्याएर पूर्वराजालाई जवाफ दिइसकेको भन्ने जवाफ प्रचण्डलाई दिएका पोखरेलले सामाजिक सञ्जालमार्फत पोखरेलले गणतन्त्र ल्याएर राजालाई र राजतन्त्रको पुनःस्थपना माग अस्वीकार गरेर राप्रपा नेपाललाई जवाफ दिइसकेको उल्लेख गरेका छन् ।

उनले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिप्रश्न गर्दै लेखेका छन्, ‘‘शत्रुको शुत्र मित्रको नीति लिएको हो रु’’ उनले दाहाललाई पूर्वराजासँग मिलेर कांग्रेस र एमाले विरुद्ध आन्दोलनमा जाने हो भने प्रष्ट भन्न आग्रह गरेका छन् ।