सबै मधेसीले संविधानसभा बहिष्कार गर्दा मधेसको हित हुन्छ – गुप्ता

फागुन ८, बारा – तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले संविधानसभामा भएका सबै मधेशवादी दलहरुले संविधानसभा बहिष्कार गर्दा मधेसको हित हुने बताएका छन् । संविधानसभामको औचित्य समाप्त भएको भन्दै नेता गुप्ताले मधेशवादी दलहरुलाई संविधान सभाबाट राजीनामा दिएर बाहिरिन सुझाव दिएका हुन् ।

शुक्रबार बाराको कलैयामा शुक्रबार बोल्दै उनले संविधान सभामा रहेर मधेशको हक अधिकार सुनुश्चित गराउन नसकिने बताउँदै आन्दोलनमा लाग्न मधेशवादी दलहरुलाई आग्रह गरेका हुन् । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा सम्झौता परस्त भएको समेत उनले आरोप लगाए ।