नेपाली कांग्रेसको गणेशमान वलिदान अभियान अन्तर्गत आजबाट पदयात्रा सुरु

फागुन ८, काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको गणेसमान सिंहको वलिदान अभियान अन्र्तगत आजबाट पदयात्रा सुरु हुने भएको छ । आगामि चैत २६ गतेसम्म संञ्चालन हुने बलिदान अभियानका क्रममा आज काठमण्डौबाट पदयात्रा शुरु हुने भएको हो ।

कांग्रेसले सुरु गरेको अभियानको पहिलो दिन हिजोे सान्ति बाटिकास्थित सिंहको प्रतिमामा माल्याणपर्ण गरी सान्तिको कामना गर्दै १०० दिप प्रज्वलन गरीएको थियो । चैत २६ गतेसम्म संञ्चालन हुने बलिदान अभियानका क्रममा काठमाण्डौबाट सुरु भएको पदयात्रा ललितपुर, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र रुपन्देही पुग्ने नेपाली कांग्रेसले जनाएको छ ।