चुरेमा समुदायको अधिकार सम्मेलन आजबाट सुरु हुँदै

फागुन ८, काठमाडौँ – चुेरे संरक्षण क्षेत्रको सरकारको निर्णय प्रति असन्तुष्ट जनाउँदै आएको वन उपभोक्ता समुह लगायत ३० संघसंस्थाको चुरेमा समुदायको अधिकार सम्मेलन आजबाट सुरु हुँदैछ । दुई दिने सम्मेलनमा उपप्रधान तथा गृहमन्त्रि वामदेव गौतमको पनि सहभागिता रहने भएको छ । वातावजरण संरक्षण ऐन २०५३को दफा १० प्रयोग गरि नेपालको कुल भु भागको १२। ७८ प्रिितशत क्षेत्रलाई वातावरण संरक्षण क्षेत्रको घोषणाको विरोधमा गरिएको आन्दोलनको समिक्षा तथा भावि रणनिती तय गरिने कार्यक्रममा सरकारका यपप्रधानमन्त्रि नै सहभागिता जनाउँन लागँनु भएको हो ।

सरकारले उक्त निणर्य गरे लगतै सामुदायिक वन उपभोक्ता महासंको नेतृत्वमा आन्दोलन जारी रहँदै आएको छ । सम्मेलनले आन्दोलनका क्रममा मुलुकका विभिन्न जिल्लामा भएको कार्यक्रमको समितक्षा तथा भावि रणनिती बनाउँने भएको छ । सम्मेलनमा चुरे क्षेत्रका ३६ जिल्लाका सामुदायिक वन उपभोक्ता समूहलगायतका संघर्ष समितिका जिल्ला अध्यक्षसहित पाँच दर्जन जिल्लाका प्राकृतिक स्रोतको क्षेत्रमा कार्यरत संघ–संस्थाका करिव पाँच सयजनाको सहभागिता रहने जनाइएको छ ।