प्रजातन्त्र सेनानीलाई विभिन्न ठाउँमा भ्रमण गराउँदै

फागुन ८, काठमाडौँ – ६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्मानीत भएका सबै प्रजातन्त्र सेनानीहरूलाई नेपाल प्रजातन्त्र सेनानी सङ्घले आज अवलोकन भ्रमण गराउँदै छ । सम्मानीत सबै प्रजातन्त्र सेनानीहरूलाई पशुपतिनाथ, बौद्धनाथ र सुन्दरीजलस्थित विपी सङ्ग्राहालय लगायतको अवलोकन भ्रमण गराईने प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्मा कँडेलले जानकारी दिनु भएको हो ।

संघले हिजो २००७ साल देखि १७ सालसम्मको विभिन्न सङ्घर्ष तथा आन्दोलनमा योगदान पु¥याएका व्यक्तिहरूलाई ‘प्रजातन्त्र सेनानी सम्मान’ प्रदान गरेको थियो । सेनानीहरूलाई दोसल्ला र प्रसंशापत्रद्वारा सम्मान गरिएको हो ।काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मानीत सबैलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।