द्वन्द्वपीडित, सहिद, बेपत्ता एवम् घाइते परिवारको शान्तिपूर्ण धर्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप

फागुन ७, काठमाडौँ- प्रजातन्त्रको वास्तविक अनुभूतिका लागि आफ्नो हक अधिकारको सम्बोधनको माग गर्दै आज द्वन्द्वपीडित, सहिद, बेपत्ता एवम् घाइते परिवारजनले भद्रकालीअगाडि गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा भएको शान्तिपूर्ण धर्नाबाट प्रहरीले जेबी धौलाकोटी र यमबहादुर टमाटालाई गिरफ्तार गरेको छ ।
द्वन्द्वपीडित, सहिद, बेपत्ता एवम् घाइते परिवार सरोकार समितिले जनताले प्रजातन्त्रको अनुभूति र उपभोग गर्न नपाएको तथा विभिन्न आन्दोलनमा योगदान पु¥याएकाहरुप्रति राज्य पूर्णतः उदासीन भएको बताउँदै धर्नामा उत्रिन बाध्य भएको जनाएको छ । समितिले गिरफ्तार गरिएकाहरुको तत्काल रिहाइको माग गरेको छ ।