कार्यकर्ता सडकमा उतार्दैमा संविधान लेखन रोकिदैन -मन्त्री अधिकारी

फागुन ७, पोखरा – स्वास्थ्य मन्त्री खगराज अधिकारि ले एकीकृत माओबादीको आन्दोलन र धम्कीबाट कोही पनि नडराउने बताउनुभएको छ । ६५ औैं प्रजातन्त्र दिवसको अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सडकमा कार्यकर्ता उतार्दैमा संविधान लेखनको प्रक्रिया नरोकिने स्पष्ट पार्नुभयो । यस्तै प्रजातन्त्र दिवसको अवसरमा पूर्व पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली पोखरा बजार परिक्रमा गरेर सभामा परिणत भएको थियो र्। यालीमा राजनीतिक दलका कार्यकर्ता, मानव अधिकारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीहरुको शहभागिता रहेको थियो ।