मानसिकरुपमा विक्षिप्त हुदैँ छन् बाढी पीडित

फागुन  ७, सुर्खेत –साउन अन्तिम साताको बाढीमा मुश्किलले ज्यान जोगाएका सुर्खेतका जीवन गन्द्रमाले विस्थापित जीवनको रथ सात महिनाभन्दा पर धकेल्न सकेनन् ।
आइतबार साँझ उनी बाढीले बगाएको घरनजिकैको रुखमा झन्डिए । भेरीको बाढीलाई परास्त गरेका उनले मनभित्रको बाढी भने रोक्न सकेनन् ।
स्थानीयका अनुसार घरबारविहीन भएपछि गिरिघाटस्थित विस्थापित शिविरमा बसिरहेका २२ वषीय जीवन ेही महिनायता मानसिक रुपमा विक्षिप्त थिए ।
शिविरमा बदा सरारे दाएका अस्वााविक व्यबहारकै कारण उनले आत्माहत्या गरेको शिविर व्यवस्थापन समितिका सचिव बलबहादुर थापाले बताए ।
अस्थायी शिविरमा अनिश्चित भविक्ष्य लम्बिँदै जाँदा अधिकांश विस्थापित जीवनको जस्तै मानसिक पीडाले बेरिएका छन् । नागरिक दैनिकबाट