सेभेन ए साईड फुटबलमा आज फाईनल खेल हुने

फागुन ७, स्याङ्जा-स्याङ्जाको वालिङ खेलमैदानमा जारी प्रथम जिल्लाब्यापी अन्र्तक्लब स्तरीय सागर स्मृति कप खुल्ला सेभेन ए साईड फुटवल प्रतियोगितामा आज फाईनल खेल हुनेछ । फाइनलमा आयोजक होराईजन ए र वालिङ युवाक्लब ए भिड्दैछन् ।

आयोजक होराईजन युथक्लब एले वालिङ बीलाई ३–०को फराकिले गोल अन्तरले पाखा लगाउँदै आयोजक फाईलनमा प्रवेश गर्न सफल भएको हो । त्यस्तैगरी वालिङ युवाक्लब एले बरजा युवाक्लबलाई १–० गोल अन्तरले पछाडि पार्दै वालिङले आफ्नो फाईनलको यात्रा तय गरेको हो ।