नेकपा एमालेको स्थायी समितिको बैठक स्थगित

फागुन ६, काठमाडौं- नेकपा एमालेको स्थायी समिति बैठक स्थगित भएको छ । केन्द्रीय समितिका लागि मनोनित गरिनेको नाम र कार्य्विभाजनको अन्तिम टुङ्गो लगाउन आज बस्ने भनिएको बैठक नेता माधकुमार नेपाल अनुपस्थित हुनुहुुने भएपछि स्थगित भएको हो ।

कार्यदलको हिजोको निर्णय र सचिवालयको प्रस्ताव अनुमोदनका लागि बोलाइएको स्थायी समिती बैठक आगामी १० गतेसम्मका लागि स्थगित गरिएको अध्यक्ष केपी ओलीका सहयोगी रमेश आचार्यले जानकारी दिनुभयो । आजको बैठकमा सचिवालय बैठकले नेताहरुको कार्य विभाजनको प्रस्ताव तयार पार्ने कार्यसुचि थियो । यसअघिको स्थायी समिति बैठकले मनोनितका लागि योग्यता पुगेका आकांक्षी धेरै भएपछि कार्यदल मार्फत चयन गरिने निर्णय गरेको थियो । महाधिवेशनको ७ महिना वितिसक्दा पनि नेताहरुको कार्य विभाजन हुन नसक्दा उनीहरु पुरानै जिम्मेवारी सम्हाल्दै आएका छन् ।