शुल्कवृद्धि फिर्ताको सहमति कार्यान्वयन गर्न माग

फागुन ६, काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विदेशी नाम भएका नीजि विद्यालयहरुलाई नाम परिवर्तन गर्न चेतावनी दिएको छ । साथै अखिल क्रान्तिकारीले शूल्क समायोजन गर्न पनि नीजि विद्यालयहरुलाई आग्रह गरेको छ । केन्द्रीय समितिको पूर्ण बैठकले यसअघि भएको सहमति अनुसार विदेशी नाम र शूल्क समायोजन गरेको भन्दै आन्दोलनको घोषणा समेत गरेको छ ।

शूल्क फिर्ता सम्बन्धि विगतमा भएको सहमति, विदेशी नाम परिवर्तन, शूल्क बृद्धि, शैक्षिक माफियाकरणबिरुद्ध जोडदार संघर्ष गरिने अखिल क्रान्तिकारीले जारी गरेको पेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सहमति अनुसार नीजि विद्यालयहरुमा सरकारले अनुगमन नगरेको तथा विना छफफल हचुँवाको भरमा शूल्क निर्धारण गरिएकोले संघर्ष गर्ने अध्यक्ष शरद रसाईलीले बताउनुभयो । उहाँले नयाँ शूल्क निर्धारण गर्न समेत माग गरीएको बताउनुभयो ।

सरकार गैरजिम्मेवार बनेको कारण नीजि क्षेत्र व्यापारीकरण र दलालीकरणमा लागेको रसाईलले आरोप लगाउनुभयो । समितिले संगठनको २० औँ राष्ट्रिय सम्मेलन २०७२ बैसाख १३ देखि १६ गतेसम्मे चितवनमा गर्ने केन्द्रीये निर्णय गरेको छ । सहित वेपत्ता विद्यार्थी स्मृति दिवश २०७२ वैशाख १३ गतेदेखि १६ गते सम्म संगठनको २० औँ राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न विज्ञाप्तीमा जनाइएको छ ।