३३ दलीय मोर्चाको आन्दोलनका कार्यक्रम सार्वजनिक

फागुन ६, कैलाली – ३३ दलीय मोर्चाले पहिचानसहितको संविधान सहमतिमै निर्माण गर्नुपर्ने माग गर्दै फागुन ९ देखि १६ गतेसम्म गरिने विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । ३३ दलीय मोर्चाले आज कैलालीमा पत्रकार सममेलनको आयोजना गरि विरोधका कार्यक्रमहरु सावर्जनीक गरेको हो ।

कार्यक्रमअनुसार फागुन ९ गतेदेखि सदरमुकामका स्थानीय भेषभुषासहित कालो पट्टी बाँधेर विरोध जुलुश प्रदर्शन गरिने, फागुन १२ गते जिल्लाका हाईवे क्षेत्रमा दुई घण्टा चक्का जाम गरिने र फागुन १६ गते काठमाडौंमा हुने मोर्चाको आमसभामा कैलाली जिल्लाबाट ९ वटा बसहरु परिचालन गरिने एनेकपा माओवादी कैलालीका सचिव कृष्ण कुमार चौधरीले जानकारी दिनु भएको हो । सहमतिको आधारमा संविधान जारी नगरिएको खण्डमा १६ गतेबाट आन्दोलन शसक्त बनाइने पनि ३० दलिय मोर्चाले जनाएको छ ।