माधव नेपाल शक्तिमा नहुँदा सहमति भएन – एमाओवादीका नेता डा.भट्टराई

फागुन ६, काठमाडौं- एमाओवादीका नेता डा बाबुराम भट्टराईले संबिधान निर्माणमा सुरु गरिएको प्रकृया नरोकेसम्म बार्ता नबस्ने अडान राख्नु भएको छ । शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोईराला नहुनु र माधब नेपाल पनि शक्तिमा नहुँदा सहमति गर्न नसकिएको भट्टराईको भनाई छ । पुर्ब र पश्चिम एकै पटक हिड्न नसकिने भन्दै नेता भट्टराईले बार्ता पनि गर्छौ भन्ने र प्रकृया पनि सुरु गर्ने कांग्रेस एमालेको कारण सहमति नभएको आरोप लगाउनुभयो । नेता भट्टराईले माघ ११ गतेको बहुमतिय दम्ब प्रकृया नरोक्दा सम्म बार्तामा नबस्ने चेतावनी दिनुभयो ।

परिवर्तनकारी संबिधान निर्माणमा दबाद दिन भन्दै एमाओवादीले सुरु गरेको खबरदारि अभियान अन्तरगत प्यूठानमा उहाँले पुरानै संबिधान ल्याउन खोज्ने र तानाशाहिको उत्तराधिकारी बन्न खोज्नेहरुका सहमति नभएको जिकिर गर्नुभयो । नेता भट्टराईले बाह्रबँुदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो । नेता भट्टराईले संबाद समितिले बिगत १० महिना देखि निरन्तर सहमति र बार्तालाईनै प्रमुख बिषय बनाएको भन्दै आफुहरु बार्ता र सहमतिको पक्षमा रहेको दावि गर्नुभयो । राज्य पुर्न संरचना, न्याय–प्रणाली र शासकिय स्वरुपमा हाल सम्म कुनै पनि सहमति गर्न नसकेको उहाँको भनाई छ ।