कांग्रेस महाधिवेशन भदौ पहिलो साता गर्ने प्रस्ताव

फागुन ६, काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा आगामी भदौ पहिलो साता महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ । प्रधामन्त्री निवास बालुवाटारमा जारी बैठकमा भदौ १ देखि ५ गतेसम्म पार्टीको १३ औं महाधिवेशन गर्ने प्रस्ताव पेश भएको हो । यसअघि सोमबार पार्टी पदाधिकारी बैठकले केन्द्रदेखि गाउँ तहसम्मको अधिवेशनको मिति प्रस्ताव गरेको थियो ।वडा, गाउँ र नगर समितिको समितिको अधिवेशन साउन २ गते हुनेछ । २४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन ९ र जिल्लाको १६ गते हुने प्रस्ताव पेश भएको छ ।कांग्रेसको महाधिवेशन असोज पहिलो साताभित्र गरी सक्नु पर्ने कानुनी बाध्यता छ ।

२०६७ असोज पहिलो साता भएको महाधिवेशनले सुशील कोइरालाको नेतृत्वमा चयन गरेको कार्यसमितिको चार वर्षे कार्यकाल भदौमै सकिएको छ ।तर, विधान अनुसार एक वर्ष थप गरिएको छ । थपिएको म्याद आगामी असोजमा सकिनेछ ।बैठकमा अनुशासन समितिको कारबाही पुनरावलोकनका लागि परेको निवेदनमाथि छलफल गर्ने एजेण्डा पेश भएको छ । सदस्यता नविकरणदेखि अधिवेशनसम्म असर गर्ने देखिएको भन्दै केन्द्रीय सदस्य सुजाता कोइरालासहितका नेताहरुको कारबाही फुकुवा गर्ने तयारी मा लाग्नु भएको छ ।