छिट्टै वार्ताको वातावरण बन्छ : प्रधानमन्त्री कोइराला

फाल्गुन ६,काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले सत्तासाझेदार र विपक्षी मोर्चा बिचको दुरी छिट्टै अन्त्य हुने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै प्रम कोइरालाले दलहरुबीचको सहमतिमै छिट्टै लोकतान्त्रिक संविधान जारी हुने समेत दाबी गरेका छन् ।

प्रतिपक्षीहरुलाई यस अघि पनि पटक पटक वार्ताका लागी आव्हान गरेको र अबका दिनमा पनि आफुहरुले संवाद र सहमतिलाई नै प्राथमीकतामा राखेर अगाडी बढ्ने र निकाश निकाल्ने बताए । सो अवसरमा उनले शान्ति र विकासका लागि सबैले सहयोग गर्नु पर्ने आजको आवश्यकता रहेको बताए ।