महाशिवरात्रिमा भारतबाट धेरै दर्शनार्थी नेपाल आएकाले स्वाइनफ्लूको खतरा हुन सक्ने

फागुन ६, काठमाडौं- महाशिवरात्रिको अवसरमा भारतबाट धेरै दर्शनार्थी नेपाल आएकाले स्वाइनफ्लूको खतरा हुन सक्ने भन्दै सचेत रहन डाक्टरले सल्लाह दिएका छन् । भारतमा अहिले स्वाईनफ्लूको संक्रमण बढेको छ । भारतमा अहिले स्वाईनफ्लूको संक्रमण बढेको छ ।

स्वाईनफ्लू एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्ने भएकाले भिडभाडका बेला सावधानी अपनाउन टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनको सुझाव छ । स्वाईनफ्लू रुघाखोकीको माध्यमबाट सर्ने भएकाले भिडभाडमा छिट्टै एक अर्कोमा सर्छ । नेपाल आएका भारतीय दर्शनार्थीको स्वास्थ्य परीक्षण पनि नभएको र भारतमा स्वाईनफ्लू व्यापक मात्रामा देखिएकाले खतरा हुन सक्ने उहाँले बताउनुभयो ।
भारतबाट आएकाहरुको संसर्गमा रहेकाहरुले रुघाखोकी लागे, घाँटी दुखे र पखाला लागे सामान्य रुपमा नलिई तत्काल जाँच गराउनुपर्ने डाक्टर पुनको भनाई छ । खुला सिमाका कारण भारतबाट स्वाईनफ्लू नेपाल भित्रने खतरा धेरै भएको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । स्वाईनफ्लूबाट जोगिन घर बाहिर हिड्दा माक्र्स लगाएर मात्र हिँड्न उनीहरुको सुझाव छ ।