साझा यातायातले काठमाण्डौ उपत्यकामा नयाँ रुट विस्तार

फागुन ६, काठमाडौं- साझा यातायातले काठमाण्डू उपत्यकामा नयाँ रुट विस्तार गरेको छ । साझाले बुधबारदेखि स्वयम्भूदेखि पशुपति रुटमा गाडी चलाउन थालेको हो ।

धार्मिक एवम् पर्यटकीय उच्च महत्व बोकेका स्वयम्भूनाथ र पशुपतिनाथलाई आपसमा जोड्न आवश्यक भएकोले रुट विस्तार तथा परिमार्जन गरिएको साझा यातायातले जनाएको छ ।
यसअघि कलङ्की–त्रिपुरेश्वर–एयरपोर्टको रुटलाई स्वयम्भू–कलङ्की–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–जमल–कमलपोखरी–गौशाला हुँदै एयरपोर्टसम्म बनाइएको हो । साझा यातायातले अहिले दुईवटा रुटमा सेवा दिँदै आएको थियो । अरु रुटमा समेत सेवा विस्तार गर्ने योजना रहेको साझा यातायातले जनाएको छ ।