स्थायी समितिको बैठक पनि आजः एमाले

फागुन ६, काठमाडौं- नेकपा एमालेको स्थायी समितिको बैठक पनि आज बस्दै छ । बैठक एमाले मुख्य कार्यालयमा दिउँसो बस्ने भएको छ । पार्टीको स्थायी समितिमा केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका विषयमा आज निर्णय हुने भएको छ । आजको बेठकमा पेशगरिने नेताहरुको कार्यविभाजनको टुङ्गो भने लागी नसकेको नेताहरुलेब ताएका छन् ।

नेताहरुको जिम्मेवारी बाँडफाँड बारे सहमति गर्न हिजो बसेको शीर्ष नेताहरु सम्मिलत कार्यदलको बैठकले कुनै सहमति निकाल्न नसकेको हो । यद्धपि नेताहरुले भागबण्डाको अधारमा नभई समावेशीता र क्षेमताको अधारमा कार्यविभाजन गर्ने बारेमा सहमति भएको जनाइएको छ ।

कार्य विभजन नहुदा स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहेका नेताले जिम्मेवारी पाएका छैनन् । गतअसारमा पार्टीको नवौ महाधिवेशन भएपनि नेताहरुले अघिल्लो महाधिवेशनमा भएकै कार्यविभाजन अनुसार काम गर्दै आएका छन् ।