सरकारले वातावरण बनाओस् हामी वार्ताको लागी तयार छौँ : नेता श्रेष्ठ

फाल्गुन ५, विराटनगर – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले वार्ता र सहमतीको वातावरण बनाए आफुहरु जुन कुनै बेला पनि वार्तामा बस्न तयार रहेको जनाएका छन् ।

मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठले आन्दोलन आफ्नो रहर नभएर बाध्इता भएको भन्द्यै सरकारलाई जति सक्दो छिटो वार्ताका लागी आब्हान गर्न अपिल गरे । शान्ती सम्झौता, १२ बुँदे समझदारी तथा मधेस आन्दोलन सबैको मर्म नर्मने गरी सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको समेत उनले बताए ।