होसियार ! नेपालमा जातिय द्धन्द्ध बढाउने खेल भइरहेको छ : भाजपा उपाध्यक्ष रेणु देवी

फाल्गुन ५, काठमाडौं- भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु देवीले जातीय संघीयतामा गए नेपाल टुक्रा टुक्रामा विभाजित भई विनाश हुने दाब गरेकी छिन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा भारत जातीय संघीयताको विपक्षमा रहदै आएको स्पष्ट पार्दै नेपालको एकता, शान्ति र विकासका लागि जातीय संघीयता हुनै नहुने बताएकी हुन् ।

‘जातीयताका आधारमा संघीयतामा गए नेपाल टुक्रा टुक्रा हुन्छ, विनाश हुन्छ’ देवीले कडा शब्दमा भनिन्,‘ सावधान १ जातका नाममा द्वन्द्व चर्काएर नेपाललाई फुटाउन खोजिएको छ ।’ नेपाललाई टुक्रा टुक्रापार्न खोज्नेहरूको नियोजित उद्देश्यकहिले पूरा हुन नसक्ने बताइन् । नेपालको विनाश गर्न खोजिएको अवस्थामा भारत चुप लागेर नबस्ने देवीको भनाई थियो ।
संविधान निर्माणको क्रममा रहँदा नै भारतले विभाजन भोगेकाले नेपालका नेताहरूलाई सुझबुझका साथ संविधान बनाउन आग्रहगरिन् । नेपाललाई विभाजन गर्न खोज्नेहरू सक्रिय हुन खोजेको भन्दै त्यसतर्फ आफूहरू पनि सतर्क रहेको खुलाइन् ।