नेपाली सेनाले आज ‘सेना दिवस’ मनायो

फाल्गुन ५, काठमाडौं – नेपालको प्रमुख सुरक्षा अङ्गको रूपमा रहेको नेपाली सेनाले आज मुलुकभर ‘सेना दिवस’ मनाएको छ । सेना दिवसको अवसरमा नेपाली सेनाले अपराह्न सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको हो ।
उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयले हेलिकप्टरबाट सेना दिवसको व्यानर प्रदर्शन, गण तथा गुल्महरुबाट मार्च पास्ट कवाज प्रदर्शन, प्यारा तालिम शिक्षालयका अधिकृत तथा जवानहरुले हवाईजहाजबाट फ्रि–फल जम्प प्रदर्शन गरिएको थियो । सो अवसरमा राईफल तथा तोपबाट शिवरात्री बढाइँ समेत गरेको थियो ।
समारोहमा विभिन्न सैनिक कला प्रदर्शन एवम् मास खुकुरी ड्रिल, महिला सैनिकहरुद्धारा जुम्बा नृत्यमा आधारित शारीरिक अभ्यास समेत प्रर्दशन गरेका थिए । यसैगरी, प्रकृति संरक्षण अन्तर्गत गण स्तरमा प्रथम हुन सफल श्री शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा तैनाथ
श्री रणबम गण र गुल्म स्तरमा प्रथम हुन सफल श्री कोशी टप्पु बन्यजन्तु आरक्षमा तैनाथ श्री ईन्द्रदल गुल्मलाई प्रकृति संरक्षण ट्रफि प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा विगत १ वर्षमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा एवम् गौरव बढाउन प्रशंसनीय कार्य गरी नेपाली सेनालाई उत्कृष्ट योगदान पु¥याउनु हुने रथीबृन्द, अधिकृत, पदिक, अन्यदर्जा र नेपाली सेना संग आवद्ध रही उल्लेखनिय कार्य गर्ने गैर सैनिक व्यक्तिहरु १३१ जनालाई “प्रधानसेनापति प्रशंसा निशान प्रदान गर्नुका साथै विगत द्घन्द्घमा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई चार पांग्रे स्कुटर समेत प्रदान गर्नु भएको थियो ।
समारोहमा उप–राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, सम्माननीय का.मु.प्रधानन्यायाधीश, प्रधानमन्त्रीहरु, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, विभिन्न विदेशी दुतावासका राजदुतहरु लगायतको उपस्थिति रहेको थियो ।

यसैवीच राष्ट्रपति डा रामवरण यादवले मुलुकको शान्ति, स्थायित्व र विकासका हरेक गतिविधिमा नेपाली सेनाले महत्वपूर्ण भूमिका खेल्दैआएको भन्दै प्रशंसाा गर्नुभएको छ ।सेना दिवस २०७१ को अवसरमा शुभकामना सन्देश दिनुहुदैं राष्ट्रपति यादवले राष्ट्रिय सेनाको रुपमा मुलुकको विविध क्षेत्रमा गरेको प्रशंसनीय कार्यले नेपाली जनतामा सेनाप्रतिको विश्वास र भरोसा उल्लेखनीय रुपमा अभिवृद्धि भएको उल्लेख गर्नुभयो । नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति यादवले सन्देशमा सम्पूर्ण देश र देशवासीको हितका साथै राष्ट्रको सर्वाङ्गीण भलाइका लागि नेपाली सेनाले अथक प्रयास गर्दै आएको जनाउनु भएको छ । राष्ट्रपति यादवले नेपालको समग्र प्रतिरक्षा प्रणालीको सुदृढीकरणतर्फ नेपाली सेनाले तर्जुमा गरेको दीर्घकालीन योजनालाई समयसापेक्ष सम्बोधन गर्दै राष्ट्रिय सुरक्षाको सम्वद्र्धनमा सबै क्षेत्रबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास ब्यकतm गर्नुभयो । ।
वर्तमान अवस्थामा नेपाली सेनाले प्राकृतिक सम्पदाको संरक्षण र राष्ट्रको विकास निर्माणमा समेत पु¥याएको योगदान उहाँले कदर गर्नुभयो ।

सेना दिवसकै अवसरमा दिएका सन्देशमा प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर नेपाली सेनाले गरेको महत्वपूर्ण कार्यले देशको इज्जत र प्रतिष्ठा अभिवृद्धि गर्न ठूलो योगदान पुगेको बताउनुभयो ।

प्रधानमन्त्रीले सन्देशमा आफूलाई सुम्पिएको जिम्मेवारी निष्पक्ष, निर्विवाद र व्यावसायिक ढङ्गले सम्पादन गर्ने नेपाली सेनाको परम्पराले यसलाई अझ बढी विश्वसनीय र व्यावसायिक सङ्गठनका रुपमा विकसित गरेको बताउनु भएको छ ।

देश र जनताको सुरक्षाको राष्ट्रिय जिम्मेवारी पूरा गर्दै यसले मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने र मुलुकलाई समृद्ध बनाउने कार्यमा पु¥याएको योगदान प्रशंसनीय रहेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री कोइरालाले नेपालको सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण एवम् सम्वद्र्धन गर्न नेपाली सेनाले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको बताउनु भएको छ ।