अब नेपालमा नै हुन्छ इबोला परीक्षण

फाल्गुन ५, काठमाडौं – विश्वभर आतंक मच्चाएको इबोला रोगको परिक्षण अब नेपालमा नै गर्न सकिने भएको छ । काठमाडौँमा स्थापित पहिलो बायो सेफ्टी लेभेल ३ बीएसएल ३० प्रयोगशालामा इबोलाजस्ता अति संक्रामक जीवाणु परीक्षण हुने भएको हो  । विश्व स्वास्थ्य संगठनले उक्त प्रयोगशाला प्रमाणीकरण गरेकाले अति संक्रामक रोगको नमुना विदेश पठाउनुपर्ने बाध्यता हटेको हो ।  किट उपलब्ध भो भने बीएसएल(३ प्रयोगशालामा इबोला परीक्षणसमेत गर्न सक्छौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। गीता शाक्यले भनिन्, भविष्यमा कुन संक्रामक रोग मुलुकमा आउला थाहा छैन, तर यो प्रयोगशालाले पहिचानलगायत प्रक्रियामा सघाउँछ ।

विभिन्न रोग लगायत परीक्षणका लागि चाहिने खास रसायन सहितका सबै सामग्रीको बट्टालाई किट भनिन्छ । हरेक रोगको पहिचानका लागि बेग्लाबेग्लै किट उपलब्ध हुन्छ । इबोलाजस्ता अति संक्रामक जीवाणुको परीक्षणका लागि किट उपलब्ध छैन, तर किट उपलब्ध हुनासाथ बीएसएल-३ प्रयोगशालामा अति संक्रामक रोगको जीवाणु परीक्षण र रोग पहिचान गर्न सकिने चिकित्सकहरूको भनाइ छ ।

नियन्त्रित पहुँचअन्तर्गत विशिष्ट प्रकारका परीक्षण गर्ने प्रयोगशाला अभावले अति संक्रामक जीवाणुको परीक्षण गर्न विदेश पठाउनुपथ्र्यो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाअन्तर्गत यो प्रयोगशालामा अत्यन्त उच्च संक्रामक रोगको परीक्षण, अध्ययन अनुसन्धान गर्न सकिन्छ । बीएसएल(३ प्रयोगशालाबाट बर्डफ्लु, कोरोना भाइरस, निपा, वेस्ट नील भाइरसजस्ता महामारी फैलाउन सक्ने जीवाणुको छोटो समयमा पहिचान र यकिन गर्न सकिन्छ ।