यस्तो छ आजको पाशुपत क्षेत्र आसपासको सवारी रुट

फागुन ५,काठमाडौँ -महाशिवरात्री पर्वको अवसरमा पाशुपत क्षेत्रमा आवात जावत गर्ने दर्शनार्थीको सुविधालाई मध्यनजर गरि महानगरिय ट्राफिक प्रहरी महाशाखाले आज बिहानदेखी पशुपति क्षेत्र आसपास  सवारी साधनलाई निषेध गरेको छ । सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, सिफलचौर, गौरीघाट र तीलगंगालगायत ठाउँबाटै प्रवेशमा रोक लगाइएको महाशाखाले जनाएको छ ।  पुरानो बसपार्कबाट नयाबानेश्वर हुदै गौशाला जाने बस तथा माइक्रो बसलाई तिलगंगा सम्म जान दिईने छ ।

त्यस्तै नयाँ बानेश्वर तथा कोटेश्वरबाट तिनकुने हुदै सिनामंगल भएर गौशाला जाने सवारी साधनहरु आज तिलगंगसम्म मात्र जान पाउने छन् । कालोपुलबाट गौशाला हँुदै कपनतर्फ जाने र आउने सवारी साधनलाई खानीविभाग हुदै महाराजगंज बाट पठाइरहेको छ भने जोरपाटीबाट बौद्ध हुदै गौशालातर्फ आउने मालबाहक सवारी साधनलाई कपनको भृकुटी चोक हुदै आउने र जाने व्यवस्था मिलाईएको छ । पाशुपत क्षेत्रमा साँझ भिडभाड कम हुने बेला सम्मका लागी यो ब्यबस्था लागु हुने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।