किन बढ्दै छ मातृ मृत्यु तथा बाल मृत्युदर ?

फागुन ५, बाजुरा-मातृ मृत्यु तथा बाल मृत्युदरलाइृ सरकारले सुन्य प्रतिशतमा झाने भनेर लागीरहेका बेला बाजुरामा मातृमृत्यु बालमृत्युदर बढ्दै गएको एक तथ्यांक देखाएको छ । समयमा उपचार नपाएर मातृ मृत्युदर बढेको पाइएको छ । अज्ञानता अशिक्षाकारणले गर्दा जिल्लाका विकट गाविसमा वाल तथामातृ मृत्युदर बढेको एक कार्यक्रमा खुल्न आएको छ ।

जिल्लाको दुर्गम गाविसका महिला तथा बालवालिका स्वास्थ्य सेवाको पहुचबाट टाढा भएकाले मृत्युदर बढेको आइ आस सी का नरमाया लिम्वुले बताए। दुर्गम जिल्लाका महिलाहरुको स्वाथ्यको नाममा काम गर्ने संघ संस्था भएपनि बाजुरामा भने कमाइ खाने भाडो बनेका छन् ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा स्वास्थ्य सेवा विभाग र परिवार महाशाखाको समन्वयमा तथा जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना सामुदायिक रुपान्तरणका लागि उर्वरता सचेतना कार्यक्रममा मातृमृत्युदर, तथा बालमृत्युदर बढ्दै गएको परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक अधिकृत चन्द्र वि। सी। ले बताए । उनले बाजुराका महिलाहरु अठार वर्ष नपुग्दै विवाह गर्ने हुदा यो समस्या देखा पर्ने गरेको बताउनु भएको छ ।

प्रजनन जनस्वास्थ्य गुणस्तरिय बनाउनका लागि सबैले आफ्नो हो भन्ने सोच गरे भने न्युनिकरण हुदै जाने बताउनु भयो । स्थानिय बासीमा जनचेतना कमीका कारणले स्वास्थ्यलाइ सफला बनाउका लागि सर्वाङ्गिण विकास नहुनुले यो समस्या निम्त्याएको हो ।