प्रधानमन्त्री र एमाले अध्यक्ष सहमतिको बाधक – भट्टराई

फागुन ४,दाङ – एकीकृत माओवादी नेता बाबुराम भट्टराइले सहमति निर्माणमा प्रधानमन्त्री शुसिल कोइराला र एमाले अध्यक्ष केपि ओली बाधक रहेको आरोप लगाउनुभएको छ । दाङ्को घोराहीमा विहान भएको कार्यक्रममा नेता भट्टराईले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली सुरुदेखि नै शान्ति प्रक्रियाको विरोधी रहेकाले सहमति हुन नसकेको दाबी गर्नु भयो ।

उहाले कंग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र एमाले नेता माधव नेपालको अभाव हुन थालेको बताउनुभयो । शान्ति प्रक्रियाका हरेक सहमति र सम्झौतामा स्वर्गिय कोइराला र नेता नेपाल सहभागी भएकाले उहाँहरु सहमतिको राजनीतिमा अनुकूल भएको भट्टराइको भनाई थियो ।