बिवाहमा गएकी युवतीको उखुबारीमा सामुहिक बलात्कार

फागुन ४, कञ्चनपुर- कञ्चनपुरको पुर्नवास नगरपालिकामा एक युवती माथी सामुहीक बलात्कार भएको छ । पुर्नवास नगरपालिका वडा नं। ५ उध्री कि २० बर्षीया एक युवती माथी गएराती सामुहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ । प्रहरीका अनुसार गएराती स्थानीयको विवाह चलिरहेका बेला ७८ जना युवाहरुले ती युवतीलाई नजिकैको उखुबारीमा लगेर सामुहिक बलात्कार गरेका हुन् ।

पीडित युवतीको अचेत अबस्थामा कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । युवती बलात्कारमा संलग्न मुख्य अभियुक्त गोविन्द राना सहित ५ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खडकाले जानकारी दिए । हिजो राति घटना घटेको भए पनि प्रहरीले आज विहान मात्रै थाहा पाएको थियो ।

घटनास्थल उखुवारीमा धेरै उुखु भाँचिएकाले बलात्कारमा धेरै मानिस संलग्न हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेकाले पूर्ण विवरण अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।