अब ७१०० सय रुपैँयामा नै उडेर भारत पुगिने

फागुन ५, काठमाडौं- नेपाल वायुसेवा निगमले प्रतियात्रु करसहित ७ हजार १ सय रुपैयाँमा भारतको नयाँदिल्ली उडान गर्ने घोषणा गरेको छ। यो भाडा करसहित हो। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट गत माघ ८ मा ल्याएको एउटा ए३२०–२००ु सिरिजको जहाजले फागुन १३ देखि उक्त भाडा दरमा दिल्ली उडान गर्न लागेको हो।

यो भाडा दर प्रवर्द्धनात्मक हो, विदेशी यात्रुले भने ८ हजार २ सय ३० रुपैयाँ तिर्नुपर्ने छ, निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले ुहाम्रो भाडा दरले दिल्ली सेक्टरका लागि उल्लेख्य यात्रु पाउने विश्वास छ।उनका अनुसार १ सय ५८ सिट क्षमतायुक्त नयाँ जहाजले प्रत्येक सोम, बुध, शुक्र र शनिबार दिल्ली उडान गर्ने छ।

बिहान ८ बजे जाने र उताबाट १०ः४० बजे फर्कने उडान तालिका तयार पारिएको छ। जहाजमा १ सय ५० इकोनोमी क्लास र ८ बिजनेस क्लास सिट छन्।जहाजसँगै एयरबसबाट आएका प्रशिक्षक पाइलटले सातामा पाँच उडानमात्र गर्न पाउने नियम भएका कारण दिल्ली उडान सातामा चार बनाइएको शर्माले जानकारी दिए।