जहाज दुर्घटनामा ज्यान गुमाएहहरुको सम्झनामा आज प्रथम स्मृति दिवस मनाइदै

फागुन ४,जुम्ला- गएको फागुन ४ गते अर्थात आजका दिन नेपाल वायु सेवा निगमको ९ एन एबीबी टवीनेटर जहाज दुर्घटनामा ज्यान गुमाएहहरुको सम्झनामा आज पहिलो स्मृति दिवस मनाइने भएको छ । काठमाडौंबाट पोखरा हुदै जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको जहाज अर्घाखाचीको ढिकुरा गाविस ८, मसिने लेकमा दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा नेपाली कांगे्रसका पार्टी सभापति मानव सेजुवाल, सामुदायिक रेडियो नारी आवाजका संस्थापक अध्यक्ष गौरी कठायत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर विकल्प पोख्ररेल, जिल्ला हुलाका कार्यालय जुम्लाका प्रमुख उमा तामाङ, कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्टार्फ नर्स वर्षा न्यौपाने (हमाल) उहाँका छोरा दिप हमाल, म्यानेजर दिपक श्रेष्ठ, शिक्षक टेवहादुर महतारा, शिक्षिका नन्दा महतारा, शिक्षक कृष्णनाथ योगी, कृषि विकास बैंक जुम्लाका प्रबन्धक राजेन्द्र देवकोटा, राजन चौलागाई, बबरजंग शाही र डेनिश नागरिक जेएम म्याथिसेन र चालक दलका सदस्य क्याप्टेन शंकर श्रेष्ठसहित १८ जनाको सम्झनामा स्मृति दिवस मनाउन लागिएको हो । जहाज दुर्घटनामा ज्यान गुमाउने सबैको सम्झनामा आज नेपाली कांगे्रस जुम्लाको आयोजनामा विशेष कार्यक्रम गर्न लागिएको हो ।