नेकपा एमालेले पार्टीको कार्य विभाजनको टुङ्गो आज लगाउने

फागुन ४ ,काठमाडौँ – नेकपा एमालेले पार्टीको कार्य विभाजनको टुङ्गो आज लगाउने भएको छ । स्थायी समितिको हिजोको बैठकमा महासचिवले प्रस्तुत गरेको कार्यविभाजनको प्रतिबेदनमा बरिष्ट नेता झलनाथ खनाल र माधव नेपाल पक्षेले विरोध गरेपछि प्रतिबेदनमाथि छलफल नै भएन । कार्यविभाजनको टुङ्गो लगाउन स्थायी समितिको बैठक आज मध्येन्ह १२ बजे बस्ने केन्द्रीय कार्यालयले जनाउको छ ।

हिजोको बैठकमा महासचव इश्वर पोखरेलले प्रस्तुत गरेको कायैविभाजनसम्बन्धी प्रतिवेदन सचिवालयमा छलफल नै नगरी ल्याइएको भन्दै खनाल र नेपाल पक्षले विरोध गरेका थिए । एमालेले गुटको राजनीीत हावी हुँदा महाधिवेशन सम्पन्न भएको सात महिनापछि पनि १२ वटा आन्तरिक विभाग, मन्त्रालयसंग सम्बनध ि२४ वटा विभाग, १७ वटा कमिटी इन्चार्ज, लगायतमा कार्य विभाजन हुन सकेको छैन ।