ला लिगामा मेसीको ह्याट्रिक, बार्सिलोनाले लेभान्टेलाई ५-० गोल ले हरायो

काठमाडौं फागुन ४ – स्पेनिश “ला लिगा”मा बार्सिलोनाले लेभान्टेलाई ५-० गोलले हराएको छ । बार्सिलोनाका लागि ला लिगामा ३ सयौं खेल खेलेका लियोनल मेसीले २३औं ह्याट्रिक गरे । बाँकी दुई गोल नेयमार र सुवारेजले गरेका थिए ।
यसैगरी अर्को खेलमा रियल म्याड्रिडले डेपोर्टेभो लाकुरोनालाई २-० ले हरायो । रियल म्याड्रिड २३ खेलबाट ५७ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ भने बार्सिलोना रियल भन्दा १ अंकले पछि छ ।