शान्ति सम्झौता पालना गर्न एमाओबादीलाई काँग्रेस नेता सिंहको आग्रह

फागुन ३,स्याङजा – उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शान्ति सम्झौताको पालना गर्न एकिकृत नेकपा माओबादीलाई आग्रह गरेका छन् । स्याङजामा आयोजित कार्यक्रममा मन्त्री सिंहले एमाओबादीले सडक आन्दोलनमा गएर गल्ती गरेको भन्दै उसको धम्कीबाट सरकार नडराउने उल्लेख गरे ।
आन्दोलनका कार्यक्रम छोडेर वार्तामा आउन एमाओबादी सहितका दललाई मन्त्री सिंहको आग्रह थियो । एमाओबादीले शान्ति सम्झौता उल्लघंन गरेको भनी लगाएको आरोपको खण्डन गर्दै उनले कसले सम्झौता उल्लघंन गरेको छ भन्ने कुरा जनताले मुल्यांकन गरेको बताए । कांग्रेसका महामन्त्री समेत रहेका उनले स्याङजाका कार्यकर्तालाई आपसमा मनमुटाव नराखी एकताबद्ध भएर अघि बढ्न सुझाव दिए ।