स्ववियू चुनावको मिति तत्काल घोषणा गर्न माग

फागुन ३,काठमाडौँ – २०६७ सालदेखि हुन नसकेको स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको छ ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न बहानामा स्ववियु चुनाव नगरेर स्ववियु नै खारेज गर्ने खेल भईरहेको भन्दै तत्काल स्ववियु चुनाव घोषणा गर्न माग गरेको हो ।यस्तै विद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा सेमेस्टर प्रणाली लागू गर्नुअघि भौतिक पूर्वाधार र गुणस्तरको बारेमा ठोस निणय लिन पनि सो संगठनले माग गरेको छ । विभिन्न ४ बुदामा समेटिएको ज्ञापनपत्र अनेरास्ववियुका संयोजक रमेश भट्टराईले विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जनलाई बुझउनु भएको हो ।