पेट्रोलियम पदार्थको आपूति र वितरण सहज बनाउ : सुशासन समिति

फागुन ३,काठमाडौँ -व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले पेट्रोलियम पदार्थको आपूति र्र वितरण्ँमा तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण्ँका लागि अध्ययन टोली गठन गर्न आपूति र्मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले आपूति र्र वितरण हाल देखिएको समस्या समाधान गर्न जुन मापदण्डका आधारमा ५५ वटा कम्पनी स्विकृत छन् । तिनीहरुको सिलिण्डर दर्ता प्रण्ााँली लागु गर्न, डिपोहरुको प्रमाणिकरण  गर्न र उपभोक्तको लगत अध्यावधिक गर्न पनि निर्देशन दिएको छ ।बैठकले डिपोहरुलाई जुन कम्पनीको ग्यास वितरण गर्ने हो त्यसबाहेक अन्य कम्पनीका सिलिण्डर वितरणमा प्रतिवन्ध लगाउन समेत निर्देशन दिएको छ ।

यसैगरी समितिले अहिलेसम्मका अनुगमन संयन्त्रले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै भएका संयन्त्रलाई चुस्त बनाउन वा वैकल्पिक संयन्त्र बनाइ काम गर्न पनि निर्देशन दिएको छ ।उपभोक्ता समितिसग समन्व्य गरेर अनुगमन तथा चेकजाच गर्न र व्यवसायीलाई कानुनी दायरामा ल्याउन नीतिगत सुझावका लागि पाच सदस्यीय उपसमिति समेत गठन गरेको छ ।उपसमितमा बहादुर सिंह लामा, मिलनकुमारी राजवंशी, सुशीला नेपाल, ध्यानगोविन्द रञ्जित र पदमनारायण चौधरी रहेका छन् ।