महिला उद्यमी मेलामा चहलपहल बढ्दो

फागुन ३,काठमाडौँ -महिला उद्यमी मेलामा दर्शकहरुको चहलपहल बढेको छ   । मेलामा काष्ठकला, धातुकला, चाँदीका गरगहना, उनी, सुती र ढाकाका ५० वटा स्टल राखिएका छन् । मेलाले महिला उद्यमीहरुमा उत्साह वढ्ने र स्थानीय स्तरमा पनि हस्तकला सामग्रीको प्रवर्धनमा सहयोग पुग्ने विश्वसा लिइएको छ । नेपाल हस्तकला महासंघको  हिजो देखि हनुमानढोका परिसरमा सुरु भएको मेला  भोली सम्म चल्नेछ ।