मुलुकका विभिन्न भेगमा वर्षासँगै हिमपात हुने

फागुन ३,काठमाडौँ -आज देशका विभिन्न भेगमा पानी पर्नुका साथै हिमपात हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्व तथा मध्ये क्षेत्रमा पानी पर्ने र हिमाली भेगमा हिमपात हुने मौसमविद बरुण पौडेलले जानकारी दिए ।  अहिले मध्ये तथा पूर्वी भेगमा मौसम बदली भैरहेको छ । केहि दिनदेखि जारी बदली पानी परेपछि सफा हुने मौसमविदको भनाई छ । भोलिदेखि मौसममा सुधार आउनेमौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबिच गएराति ताप्लेजुङमा वर्षासँगै हिमपात भएको छ । गत विहिबारदेखि परेको हिउँ नपग्लदै गएराति फेरि हिउँ थपिएको हो ।बाक्लो हिमपात हुँदा लेलेपस्थित घुन्सा, याङ्मा, कालिखोला, याम्फुदिन, ओलाङ्चुङगोला साथै पाथिभरा क्षेत्रको जनजीवन प्रभावित भएको छ ।